aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

कुल बजारपूँजीकरण ११ अर्बले बढ्यो, २९ अर्बभन्दा बढीको शेयर खरिदविक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असोज २०७८
Citizen life
nabil bank
कुल बजारपूँजीकरण ११ अर्बले बढ्यो, २९ अर्बभन्दा बढीको शेयर खरिदविक्री
Global IME
LBEF
yamaha_MAW

असोज ८, काठमाडौं । यो साता गत साताभन्दा कुल बजारपूँजीकरण रू. ११ अर्ब ४० करोड ८० लाख ९० हजारले बढेको छ । गत साता रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब ४७ अर्ब १५ करोड ७९ हजार कायम भएको हो । 

गत साताभन्दा यो साता नेप्से परिसूचक ७ दशमलव २८ अंकले माथी उक्लिएको छ । साताको पहिलो कारोबार दिन आइतवार सार्वजनिक विदापछि सोमवार खुलेको बजार ११४ दशमलव शून्य २ अंकले घटेको थियो भने मंगलवार १३ दशमलव ८३ अंकले बढेको थियो । त्यस्तै बुधवार १०४ दशमलव ८८ अंकले बढेको बजार बिहीवार २ दशमलव ७० अंकले बढेर बन्द भएको छ । 

गत साताको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि यो साता ४ दशमलव २४ अंकले बढेको छ । गत साता ५२५ दशमलव ७८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३० दशमलव ०२ विन्दुमा पुगेको हो । 

यो साता चार कारोबार दिनमा रू. २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार बराबरको ६ करोड ४ लाख ७३ हजार १६३ कित्ता शेयर कारोबार भएको छ । गत साता पाँच कारोबार दिनमा रू. ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर कारोबार भएको थियो । एक दिन कम कारोबार भएको यो साता गत साताभन्दा रू. ८ अर्ब ५५ करोड ४० लाख ११ हजार बराबरको ९९ लाख ७४ हजार ५५४ कित्ता कम शेयर कारोबार भएको हो । 

वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै यो साता बैंकिङ्ग समूहको परिसूचक सर्वाधिक ३ दशमलव १८ प्रतिशतले बढेको छ । यो साता व्यापारिक समूहको सर्वाधिक ३ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ भने जलविद्युतको दोस्रोमा ३ दशमलव १० प्रतिशतले घटेको छ । 


 

प्रतिक्रिया दिनुहोस