aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

नाडाको चुनाव तथा वार्षिक साधारणसभा मंसिरमा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असोज २०७८
Citizen life
nabil bank
नाडाको चुनाव तथा वार्षिक साधारणसभा मंसिरमा हुने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नाडाको ४५ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । शुक्रबार काठमाडौंको होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको आउदो ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन नाडाको ४५ ओं वार्षिक साधारण सभा तथा निर्वाचन मसिंर महिनामा सम्पन्न गर्ने तय गरिको हो । 
  
नाडाको ४५ ओं वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मसिंर २२ र २३ गते होटेल सोल्टीमा सम्पन्न हुने नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा मिति २०७८ साल अशोज ८ गते होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ । नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो । 
                                                                         
                                                            

प्रतिक्रिया दिनुहोस