aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

सुदूरपश्चिम पहाडीमा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असोज २०७८
सुदूरपश्चिम पहाडीमा भूकम्पको धक्का
Global IME
LBF

बैटडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४  रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।  

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २   रेक्टर स्केलको भूकम्प गएको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस