aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस शेयर) स्वीकृत गरेको हो । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुनेछ । 

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले कुल २ अर्ब १२ करोड ३० लाख ७ हजार ६९८ रुपैयाा वितरण गरिनेछ । 

हाल बैंकको चुक्ता पुँजी १२ अर्व ५७ करोड रहेको छ । साथै बैंकले आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस