aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर
Global IME
LBEF
yamaha_MAW

 
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर आज शुक्रबारदेखी असोज १७ गतेसम्मका लागि लागु हुनेछ ।  

जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम २१०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । 

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नुहुनेछ । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ,पोलोरोइड क्यामरा,विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु ,फुडमाण्डुबाट गिफ्ट भौचर ,भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् । 

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५००० रुपैयाँसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीभे साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ ।  

प्रतिक्रिया दिनुहोस