aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

आज पनि घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
आज पनि घट्यो सुनको मूल्य
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज बढेर तोलामा बढेर ११६० कायम गरिएको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस