aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

दुई वर्षमै बिग्रिए सिसीटिभी क्यामेरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
दुई वर्षमै बिग्रिए सिसीटिभी क्यामेरा
Global IME
LBEF
yamaha_MAW

दार्चुला । दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्षपहिले जडान गरेका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलङ्गाका विभिन्न आठ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको थियो ।

विसं २०७६ असार २२ गते महाकाली नगरपालिकाले खलङ्गा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ पुर्याउन भन्दै सिसीटिभी क्यामेरा जडान गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको थियो । जडान गरिएका सबै सिसीटिभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुनसकेका छैनन् । 

“चार महिनादेखि सिसीटिभी क्यामेरा चलेका छैनन्”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने, “मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छ मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन ।” 

सिसीटिभी क्यामेरा जडान गर्न भारतबाट प्राविधिक ल्याइएको थियो । मर्मतका लागि पनि उतैबाट ल्याउनुपर्ने भए पनि अहिलेसम्म मान्छे मगाउन नसक्दा सदरमुकाम खलङ्गामा अपराध निन्त्रणमा प्रहरीलाई समस्या हुन थालेको छ । सिसीटिभी जडानपछि प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो ।

जडान गरिएको छोटो समयमै सिसीटिभी बिग्रिएपछि प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिमसमेत बढ्दै गएको सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक चन्द बताउछन । बजारमा रातिको समयमा हुने अपराध पत्ता लगाउन सिसीटिभी सहयोगी बनेका थिए, तर जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिँदै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस