aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

चार कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
चार कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । भदौ ३१ गतेदेखि लिलामीमा आएको दुई वाणिज्य बैंक सहितका चार कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लिको स्वामित्वमा रहेको प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको १ लाख कित्ता संस्थापक शेयर असोज ८ गतेसम्मका लागि लिलामीमा आएको हो । 

प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. २०५, नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४२१, नेपाल ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू. २०८ तोकिएको छ । यी शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यी शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी कम्पनीहरुको शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा भदौ ३१ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस