aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

नबिल ब्यालेन्स फण्ड ३ को इकाई बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
नबिल ब्यालेन्स फण्ड ३ को इकाई बाँडफाँट
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स फण्ड ३ को इकाई बाँडफाँट भएको छ । बिहीवार नबिल इन्भेष्टमेण्ट बैकिङको कार्यालयमा इकाई बाँडफाँट भएको हो । 

फण्डले भदौ २५ गते देखि २९ गते सम्म १० करोड इकाई निष्कासन गरेको थियो । निष्कासन गरेको इकाई मध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अथार्त १ करोड ५० लाख इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबर्धक नबिल बैंकलाई सुरक्षित गरेको छ । 

त्यसैगरी १ प्रतिशत अर्थात १० लाख इकाई योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरेको र बाँकी रहेको ८ करोड ५० लाख इकाई लागि सर्वसाधारणलाई निष्कासन गरेको थियो । उक्त इकाईमा १ लाख ४३ हजार २५१ जना आवेदकबाट २२ करोड ९४ लाख २३ हजार १७० इकाईका लागि आवेदन दिएका थिए  । 

१०० इकाई देखि १६ हजार इकाई सम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम पाएका छन भने १७ हजार इकाई देखि १ करोड इकाई सम्म माग गर्ने आवेदकहरुलाई १६ हजार ६७० इकाई र बाँकी रहेको २ हजार ३८० इकाई २३८ जनालाई १० इकाईको दरले थप इकाई बाँडफाँट गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस