aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

बारीमा छैन फूल तरपनि एसोसिएसन गर्दैछ पुष्प व्यवसायी हँसाउने प्रयास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
बारीमा छैन फूल तरपनि एसोसिएसन गर्दैछ पुष्प व्यवसायी हँसाउने प्रयास
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । फूलको सबैभन्दा ठुलो माग हुने चाडहरू नजिकिँदै गर्दा पुष्प व्यवसायीहरू एकसाथ दुई वटा कुरा सुनाउँछन्।  एउटा खुसीको र अर्को दुखको।  खुसीको कुरा यो हो कि कोरोना महामारीले पुरै मुलुक नै लकडाउनको अवस्थामा पुग्दा डामाडोल अवस्थामा पुगेको व्यवसाय फेरी तङ्ग्रिने आधार तयार हुँदै छ। तर, दुख यस अर्थमा छ कि यो साल दशैँ, तिहार र छठको लागि आफूहरू फूल आपूर्ति गर्न नसक्ने उनीहरू पुगेका छन्।    

दशैँ, तिहार र छठ पर्वमा विशेषगरि फूलको माग धेरै हुने गर्छ । तर, यस वर्ष दशैं तिहारलगायत चाडपर्वमा माग अनुसार फूल नपाइने भएको छ । नजिकिँदै गरेको चाडपर्वमा पर्याप्त मात्रामा फूलको व्यवस्थापन गर्न नसकिने व्यवसायीहरू बताउँछन् ।   

कोरोना महामारीमा जारी गरिएको निषेधाज्ञाका कारण बिरुवा उत्पादनमा कमी भएकोले नजिकिँदै गरेको चाडपर्वहरूमा पर्याप्त फूलको व्यवस्थापन गर्न सक्ने अवस्थामा आफूहरू नभएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले भने, ‘बढी जसो दशैं र तिहारमा सयपत्री र मखमली फूलको माग हुने गरेको छ । निषेधाज्ञा र लामो समयसम्म झरी परेकोले नयाँ बिरुवा उत्पादनमा कमी आएको छ । जसले गर्दा यस वर्षको दशैं तिहारमा फूलको मागलाई पूर्ति गर्ने अवस्था छैन ।’      

उनले फूल उत्पादनमा कमी आउनुमा बजार अभाव र मजदुर समस्या पनि रहेको बताए । उनले भने, ‘फूल व्यवसायमा करिब ४० हजार परिवार संलग्न छन् । उनीहरूले उत्पादन गरेका फूल कोरोना महामारीका कारण सबैजसो खेर गए । व्यवस्थित बजार नहुँदा व्यवसायीहरूले ठुलो मर्का बेहोर्नु पर्‍यो । व्यापार नभएपछि  नयाँ बिरुवा उत्पादन गर्ने कुरा पनि भएन । जसको असर नजिकिँदै गरेको चाडपर्वमा देखिदैँछ ।’      

कोरोना महामारीको बेला फूलको व्यापार २५ प्रतिशत मात्रै भएको उनले सुनाए । अध्यक्ष तामाङले भने, ‘करोनाका बेला हामी धेरै नै मार्कामा पर्‍यौँ । कोरोना महामारी भन्दा अघिका वर्षहरूमा वार्षिक ५ अर्ब बराबरको फूलको कारोबार हुन्थ्यो । तर, कोरोना महामारीका कारण गत वर्ष एक अर्ब ६५ करोडको मात्रै कारोबार भयो ।’    

साथै, पछिल्लो समय पुष्प व्यवसाय बिस्तारै पुरानै लयमा फर्किरहेको उनले खुसी हुँदै सुनाए । उनले भने, ‘पुष्प व्यवसाय बिस्तारै पुरानै लयमा फर्कँदै छ । अहिले दैनिक ५० लाख बराबरको व्यापार भइरहेको छ ।’ कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई थप वित्तीय लगानीका लागि विभिन्न बैंकहरुसँग पहल गरिरहेको अध्यक्ष तामाङले बताए । 

उनले भने, ‘लकडाउनका बेला धेरैजसो बिरुवाहरू सुकेर गए । नयाँ उत्पादन गर्न पनि पाइएन । अब नयाँ बिरुवा थप गर्न हामीलाई लगानी आवश्यक रहेको छ । जसका लागि हामी बैंकहरुसँग पहल गरिरहेका छौँ ।’  

उनले नबिल बैंक र मेगा बैंकसँग कर्जा माग गरिएको समेत जानकारी दिए । उनले भने, ‘घरेलु तथा साना उद्योग महासंघले मेगा बैंकसँग कर्जाका लागि सम्झौता गरिसकेको छ । एसोसिएसनले नबिल बैंकसँग कर्जाका लागि सम्झौता गर्ने कुराहरू भइरहेको छ । सम्झौता पछि पुष्प व्यवसायीलाई ५ प्रतिशत ब्याज अनुदानमा दुई देखि १५ लाखसम्म ऋण उपलब्ध गराउँछौँ ।’ 

साथै उनले हरेक वर्ष करोडौँ रुपैयाँको फूल आयात हुने गरेको बताए । उनले भने, ‘गत वर्ष पनि ३८ करोड बराबरको फूल आयात भएको थियो । यस वर्ष नेपालमा उत्पादनमा कमी आएको कारण आयात झन् बढ्छ ।’ सबैभन्दा बढी फूल भारतबाट आयात गर्ने गरिएको समेत उनले बताए ।  

प्रतिक्रिया दिनुहोस