aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

आज साँझदेखि “उकुस मुकुस” प्रशारण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
Citizen life
nabil bank
आज साँझदेखि “उकुस मुकुस” प्रशारण हुने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । हास्य श्रृङ्खला तथा हास्य सामग्रीका दर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलको हास्य टेलिचलचित्र “उकुस मुकुस” को प्रशारण सुरु भएको छ । हास्य कलाकार दिलिप तामाङ “हुर हुर” को कथा तथा निर्देशनमा तयार भएको हास्य श्रृङ्खला युट्युब च्यानल ‘आमा अग्नी कुमारी’ बाट असोज ६ गते बुधबार साँझ ७ बजेदेखि प्रशारण सुरु भएको हो ।   

गोल्ड फिल्मसको निर्माणमा तयार पारिएको श्रृङ्खलाका निर्माता नहकुल भट्टराई हुन् । केदार घिमिरे “माग्ने बूढा” को संवादमा तयार पारिएको हास्य श्रृङ्लाको पटकथा दिपक लम्साल र टुल्कु तामाङको रहेको छ । त्यसैगरि सितादेवी तिमल्सिना श्रृङखलामा सहायक निर्देशकको जिम्मेवारीमा छिन् ।

हास्य कलाकार तथा श्रृङ्खलाका निर्देशक दिलिप तामाङ “हुर हुर” र जयनन्द लामाको जोडदार प्रस्तुती श्रृङ्खलामा देख्न सकिन्छ । त्यसैगरी धनराम मुस्कान, देवी आले “सुन बूढी”, भुईसाल लामा, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङ, सोहन थापा लगायत कलाकारहरुले हास्य श्रृङ्खलामा अभिनय गरेका छन् । 

निर्देशक तामाङका अनुसार हास्य श्रृङ्खला फरक परिवेशमा तयार पारिएको छ । “दर्शकहरुले देखिरहनु भएका धेरै कलाकारहरुको सामुहिक कामबाट तयार भएको श्रृङ्खला उत्कृष्ट बनेको छ,” निर्देशक हुर हुरले भने ।  

“तत्काललाई युट्य्ब च्यानलबाट मात्र प्रशारण सुरु भएको यो कार्यक्रम केही समय पछि टेलिभिजनको पर्दामा पनि हेर्न सकिन्छ । त्यसको तयारी भईरहेको छ” श्रृङ्खलाका निर्माता भट्टराईले भने ।
 

प्रतिक्रिया दिनुहोस