aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

थप १४७८ जनामा कोरोना संक्रमण, १६३० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
Citizen life
nabil bank
थप १४७८ जनामा कोरोना संक्रमण, १६३० जना निको भए
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४७८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२५१ जना र एन्टिजन परिक्षण गर्दा २२७ जना गरि जम्मा १४७८ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६३० जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ रहेको छ ।    

पछिल्लो २४ घण्टामा १३ हजार ९३० जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ५६ हजार १८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।     
 

प्रतिक्रिया दिनुहोस