aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

गुण एयरलाइन्स अब सुर्खेतमा पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
Citizen life
nabil bank
गुण एयरलाइन्स अब सुर्खेतमा पुग्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान शुरु गर्ने भएको छ ।  देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । एयरलाइन्ससँग हाल पाँच वटा जेट इन्जिन र दुई ट्वीनअटर जहाज छन् । उनका अनुसार सुरुआती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन, भैरहवा र नेपालगञ्जमा गर्ने योजना छ ।

नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाइसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो । काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजुबत बनेर जुट्दै छ’, थापाले भने ।

उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले गुण एयरलाइन्सले सेवा सुरु गरेपछि निरन्तरता दिनुपर्ने बताए । सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुनेछ । ‘सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन । तर, हाल कायम रहेभन्दा केही सस्तो हुन्छ,’ प्रवक्ता थापाले भने ।

प्रतिक्रिया दिनुहोस