भारतलाई लाइनमा ल्याउने धेरै तरिका छन् - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 
तराई डुबानको समस्या

भारतलाई लाइनमा ल्याउने धेरै तरिका छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
Sunrise bank
भारतलाई लाइनमा ल्याउने धेरै तरिका छन्
LBEF
NCH-IPS

यो साल पनि बाढीले ठुलो क्षति  गरिसक्यो। हामी वर्षौदेखि भारतीय बाँधको कारण नेपाली गाउँ डुबानमा परेको सुन्दै आएका छौं । यो के यथार्थ हो ? अनि यसको समाधान छैन ?

भारतले नेपालको सीमा भर पूर्वदेखि पश्चिमसम्म बाटोको नाममा बाँध बनाएको छ। भन्नलाई बाटो तर यथार्थमा त्यो बाँध नै हो। चार मिटर अग्लो बाटो नत्र कसैले बनाउँछ ।

तर, भारतले त बाटै हो भन्छ नि ?

कस्तो कुरा गर्नुहुन्छ, म प्रमाण नै दिन्छु । गएर हेर्नुस, त्यहाँ खोला भएको ठाउँमा पुल छ । त्यो त स्वाभाविकै भयो । पुलमा ढोका छन् ।  ढोका भएको पुल हो वा बाँध ? स्पष्ट छ, त्यो बाँध नै हो । त्यो बाटो पुरा तटबन्ध र बाँध हो । यो हामीलाई डुबाउन नै बनाएको हो ।

अब भारतको यो रबैयाको नेपालले जवाफ चाहिं कसरि दिने ?

अरुकुरा रोकिदिने नि ।  लाईनमा आईहाल्छन । 

अरुकुरा भन्नाले ?

कोशी हाइ ड्याम्म हामि बनाउन्दैनौ भन्ने । हाम्रो सबै डुबानको समस्या हाल भएपछी मात्रै कुरा सुन्छौं । तिम्रो चाहनामा पनि छलफल गर्छौं भन्ने । अहिले नै कोशी सम्झौताको म्याद छँदैछ । त्यो सकिएपछि कुरा गरौला भन्ने हो भने उनीहरु हाम्रा कुरा सुन्न बाध्य हुन्छन्।

 त्यसो हुँदा त हामीले कोशी सम्झौता बारे पनी केहि बोल्नै भएन नि होइन ?

अहिले त बोल्ने ठाउं नै छैन ।  तर, कोशी हाई ड्यामको कुरा गर्दा भने हामि त्यो कोशी सम्झौता पनि सच्याउन सक्छौं ।

भारतको इच्छामा त्यो ड्याम बनाउंदा हामीले पनि त केहि माग गर्नु पर्ला नि ?

त्यो त अब हाम्रा खोंचहरु प्रयोग हुने हुन् । त्यसको मूल्य त तिर्नु पर्यो नि । यदि केहि नतिर्ने तर हाम्रो जैविक बिबिधता र भूभाग डुबाएर निशुल्क पानी दिने कुरा नै हुँदैन ।  जाउ, दिन्नौ भन्नुपर्छ ।

हामीले तटबन्धन बनाएर सीमासम्म लाने र बाढी भारतमा छोडिदिने गर्दा हुँदैन ?

तटबन्धनले बाढी रोक्दैन ।  त्यसले त बाढी बढाउँछ । त्यो प्रविधि नै गलत हो । तटबन्धन प्रविधि हाम्रोजस्तो हाइड्रो इकोलोजिकल ल्याण्ड भएको ठाउँमा काम लाग्दैन ।

त्यसो भए बाढी नियन्त्रणको बिधी चाहिं के हो ?

बढी शतप्रतिशत नियन्त्रण गर्न सकिंदैन । यसबाट बच्न बैकल्पिक प्रविधिहरुको प्रयोग गर्नुपर्छ। जस्तै  स्टिलका खम्बा भएका तल्ला भएका घरहरु बनाउने ।  आखिर बाढी आउने ४ दिन होइन बढीमा ती ४ दिन माथिल्लो तल्लामा बस्ने । अरुपनि उपायहरु छन् । तर, तटबन्धनले चाहिं बाढीबाट जोगाउन सक्दैन।

मीलाई कोशीमा ड्याम चाहिंदैनु भन्दै तराई डुबाउने कामलाई निरन्तरता दिईरहयो भने नि त भारतले  केहि उपाय छ ?

छ, किन नहुनु। भारतले संधै हामीसंग सुरक्षाको कुरा गर्छ । हामीले पनि भन्नु पर्छ कि यदि हामि तिम्रो कारण उत्पन्न डुबानले असुरक्षित छौं भने हामि पनि उताका कुनै सुरक्षा सरोकारमा ध्यान दिन सक्दैनौ भन्नुपर्छ ।

के नेपालले यसो भन्ला जस्तो लाग्छ ?

त्यो त कसरी भन्ने र खोइ । सबै लम्पसारवादी छन् यहाँ । दुतावासको दोस्रो सचिवले फोन गरेर हप्काउदा हप्किने प्रधानमन्त्री भएपछि के अपेक्षा राख्ने  एउटा प्रेस अफिसरको बिदाइमा गृहमन्त्री भैसकेका उपप्रधानमन्त्री भैसकेका मानिसहरु जान्छन् । त्यो पनि प्राइभेट भोजमा । अब त्यस्ताले चलाईरहेको देशमा तपाई के ठुला ठुला कुरा गर्नुहुन्छ ।

बिगतमा भएका सन्धि सम्झौतामा हामि चुकेको थुन ठाउँ चाहिं खस के हो ?

कोशी र गण्डक सम्झौताको सबैभन्दा ठुलो गल्ति भनेको नै व्यवश्थापनको  पुरा जिम्मा भारतलाई दिनु हो । महाकालीमा पनि उही गल्ति छ। त्यहाँ कमिसन बनाउने भन्ने छ तर त्यो नबनिकन यहांबाट उता गएर सबै उनीहरुको नै कुरा सदर गर्दै आएका छन् । रोचक कुरा के छ भने त्यो कमिसनमा रहेकाले तलब नै उतैबाट बुझछन । अब तपाई नै भन्नुहोस कि मानो उताको खाने काम यताको गर्ने पनि हुन्छ रु उताको माम उतैको काम गर्छन नेपालको तर्फबाट गएका प्रतिनिधिले ।

प्रतिक्रिया दिनुहोस