प्रदेश १,२ र ३ बाढी पहिरोबाट संकटमा - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

प्रदेश १,२ र ३ बाढी पहिरोबाट संकटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
Sunrise bank
प्रदेश १,२ र ३ बाढी पहिरोबाट संकटमा
LBEF

बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ।

प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेका छन्। प्रदेश राजधानी रहेको विराटनगर महानगरसहित बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको प्रमुख जिल्ला रमेशकुमार केसीले बताए। उनका अनुसार सुकुम्बासी बस्तीका सबैजसो घरमा बाढी पसेर डुबान भएको छ।

तीन दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ। धनुषा र सिरहामा कमला, महोत्तरीमा रातु, जङ्हा र ओक्सी, रौतहटमा लालबकैया र बागमती नदीको बहाव बढेर बस्तीसम्म पुगेको छ। सप्तरीको सप्तकोसी, पर्साका गण्डक, औरिया, भलुवाही, सिक्टा र तिलावे नदीमा आएको बाढीले धेरै क्षति पुर्याउने सम्भावना बढेको छ। बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्न प्रहरी खटिएका छन्।

प्रदेश ३ को मकवानपुरबाट काठमाडौं जोड्ने चार सडक बाढीपहिरोका कारण अवरुद्ध भएका छन्। भीमफेदी–१ भैंसेस्थित बागझोरा खोलामा बाढी आउँदा कुलेखानी–सिस्नेरी, फाखेल र त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रभावित भएका हुन्। यो समाचार आज प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस