aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

यसकारण बढ्यो खाने तेलको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
यसकारण बढ्यो खाने तेलको मूल्य
NIBL

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघमा आवद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय बजारमा साथै निकाशी समेत गर्दै आईरहेको छ ।    

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय वजारवाट आयात गर्नुपर्दा अन्तराष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने गर्दछ ।  

विगत करीव २० महिना देखी नै विश्वमा फैलिएको कोरोना महामारी तथा कु्रड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुख्खाको कारण र अन्य Geo–Political Issues हरुले गर्दा समेत खाने तेलको मुल्यमा अस्वाभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मुल्यवृद्धि नै रहेको छ ।      

नेपालमा खाने तेलको कच्चा पदार्थको उत्पादन÷उपलव्धता शुन्य नै रहेको हुँदा यहाँका उद्योगहरुको कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थमा भएको मुल्यको उतारचढावले गर्दा स्थानिय बजारको मुल्य समेत सोहि अनुसार निर्धारण गर्नुपर्ने वाध्यता रहेको संघले जनाएको छ ।   

साथै यस संघका सदस्य उद्योगहरुबाट कुनै प्रकारको कृतिम अभाव सृजना नगरी आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम मुल्यवृद्धि नगरेको पनि संघले जनाएको छ ।  आउँदो चाडपर्वमा समेत खानेतेलको पर्याप्त मौज्दात रहेको हुँदा आपुर्तिमा कुनै कमि नहुने संघको भनाई छ । 

प्रतिक्रिया दिनुहोस