aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

तीन दिन नेप्सेमा डाटा हेर्न नमिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
Citizen life
nabil bank
तीन दिन नेप्सेमा डाटा हेर्न नमिल्ने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन दिनका लागि आफ्नो वेवसाइट डाउन गर्ने भएको छ । नेप्सेले बिहिबार एक सूचना जारी गर्दै यस्तो जानकारी सार्वजनिक गरेको हो ।

सूचना उल्लेख भए अनुसार भोली आसेज १ गते शुक्रबारदेखि असोज ३ गते आइतबारसम्म नेप्सेले वेवसाइटको सेवाहरू बन्द गर्ने भएको हो । यससम्त्रन्धी जानकारी दिदै नेप्सेले डाटा स्तरोन्नतिको काम गर्न लागेको जनाएको छ । जसका कारण ३ दिन सबै सिस्टमहरू नचल्ने नेप्सेले जनाएको छ । 

यसैबिच आज बिहिबार नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ७६।६५ अंकले घटेर दुई हजार ८ सय १२ दशमलब ३९ विन्दुमा पुगेको हो । त्यस्तै, आज ९ अर्ब ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।     

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको छ । 

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८।७७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।                  
 

प्रतिक्रिया दिनुहोस