aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
Citizen life
nabil bank
सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई  १० हजार उपहार प्रदान गरिने छ साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन् ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि  कार्तिक ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस