aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
Citizen life
nabil bank
बर्दिया निकुञ्ज पर्यटकका लागि खुला
Global IME
LBEF
yamaha_MAW

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । 

पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतीक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्नेलगायत मापदण्ड बनाइएको श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस