aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
Citizen life
nabil bank
प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर असोज १ गते शुक्रवारदेखि लिलामीमा आउने भएको छ । कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा आउन लागेको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा ब्याक्ति कम्पनी,तथा संस्थाले कम्पनीले असोज १५ गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् । यो शेयरको न्यूनतम मूल्य रू. ५०१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र गर्न सकिनेछ । 

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् । शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १७ गते अपरान्ह ३ः३० बजे विक्री प्रबन्धकको कार्यालय, नारायणचौर नक्सालमा खोलिने कार्यक्रम तय भएको छ । 

प्रतिक्रिया दिनुहोस