aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

शेयर बजार राताम्मे, ४०.२६ अंकले घट्दा कारोबार ५ अर्बमा सिमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
Citizen life
nabil bank
शेयर बजार राताम्मे, ४०.२६ अंकले घट्दा कारोबार ५ अर्बमा सिमित
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार राताम्मे भएको छ । आज नेप्से ४०.२६ अंकले घटेर दुई हजार ८ सय ८९ दशमलब ३ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशतले बढेको छ । 

त्यस्तै, एनआइबीएल समृद्धि फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.८८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।                  
 

प्रतिक्रिया दिनुहोस