aarthiknews.com विहीबार, ०२ साउन २०७६   Thursday, 18 July, 2019
 

‘इन्काउन्टर’मा मारिएका कुमार पौडेलको परिवारले खोल्यो यस्तो रहस्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
‘इन्काउन्टर’मा मारिएका कुमार पौडेलको परिवारले खोल्यो यस्तो रहस्य
NIBL-Capital-inside
LBEF

काठमाडौं । दोहोरो भिडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ । शक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै परिवारले  षड्यन्त्रपूर्वक हत्या गरिएको दाबी गरेको हो ।

गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपूर्वक हत्या भएको परिवारको दाबी छ ।
मृतक पौडेलका भाइ हरिकृष्ण पौडेलले प्रहरीसँंग मुठभेड नभई प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए ।

उनले आफ्ना दाईको राजनीतिक जीवनको बारेमा स्वयम् सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको बताए । ‘यदी त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आईपुग्यो ।’ उनले प्रश्न गरे । 

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउँदै उनले चार ठाउँमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटो आफूसंँग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पारे । ‘हात भाँच्चिएको मानिसको त्यति नजिकै कसरी हतियार रहनसक्छ ?’ उनको आक्रोश छ । घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि स्वतन्त्र छानविन समिति गठन गर्न सरकारले आनाकानी गरेको गुनासो पोखे ।

उनले सागरनाथ वन विकास परियोजनाअन्र्तगत रहेको सुकुम्बासीको बिषयलाई उठाएका कारण दाइको हत्या भएको आरोप लगाए । परियोजनाको जग्गाामा रहेका सुकम्बासी व्यवस्थित् गर्न परियोजनासंँग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाइ छ ।

पौडेलकी श्रीमती कला पौडेलले आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गर्दै स्वतन्त्र रुपमा छानबिन गरेर हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरिन। पौडेलका भतिजा राजकुमार पौडेलले आफ्ना काका दोषी भएको भए कसरी हजारौं मानिसले उनको अन्तिम संस्कारमा सहभागिता जनाए ? भन्दै रचना गरिएको षड्यन्त्रको पर्दाफास गर्न आग्रह गरे ।

पौडेलकी दिदी लक्ष्मी पौडेलले यातना दिएर आफ्नो भाईको हत्या गराएको दाबी गरिन् । उनले आफुहरुलाई जानकारी नै नदिई प्रहरीले पोष्टमार्टम गराएको, आफूहरुलाई शव कुहिएको अवस्थामा दिएको र अहिलेसम्म पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएकोमा बताइन ।


 

प्रतिक्रिया दिनुहोस