aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

राष्ट्रिय सभाका अध्यक्ष र एसियाली विकास बैंक कन्ट्री डाइरेक्टरबीच भेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ भदौ २०७८
Citizen life
nabil bank
राष्ट्रिय सभाका अध्यक्ष र एसियाली विकास बैंक कन्ट्री डाइरेक्टरबीच भेट
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइसबीच भेट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउन सल्लाह दिएका थिए ।

ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका लागि सडकहरु छनोटको प्रकृया तीन वर्ष अगाडीबाट शुरु भएपनि हाल सम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षा अनुरुप उक्त सडकहरु छिटो सम्पन्न हुनुपर्छ भन्ने धारणा व्यक्त गरे ।

भेटका क्रममा एडिबीका कन्ट्री डाइरेक्टर काउचोइसले ग्रामिण सडक सञ्जाल सुधार  आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गर्ने प्रतिबद्धता जनाएका छन । उनले आयोजना अध्ययन गर्न आउने बोर्ड सदस्यहरुको टिमले प्रदेश सरकार र स्थानीय तहसँग भेटघाट गरी अध्ययन गरेपछि नेपालको हालको कानूनी र व्यवहारिकपक्षको आधारमा आयोजना सञ्चालनको विधि र प्रकृया निर्धारण हुने जानकारी गराए । 


 

प्रतिक्रिया दिनुहोस