के-के भयो  १३ देश सहभागी पहिलो सेबोन–ओइसिडि अन्तर्राष्ट्रिय वित्तीय सम्मेलनमा ? - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

के-के भयो  १३ देश सहभागी पहिलो सेबोन–ओइसिडि अन्तर्राष्ट्रिय वित्तीय सम्मेलनमा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
के-के भयो  १३ देश सहभागी पहिलो सेबोन–ओइसिडि अन्तर्राष्ट्रिय वित्तीय सम्मेलनमा ?
LBEF

नेपाल धितोपत्र बोर्ड र ओइसिडि द्वारा संयुक्त रुपमा पहिलो एसिया प्यासिफिक क्षेत्रको वित्तीय ग्राहकको संरक्षण तथा वित्तीय शिक्षा सम्बन्धी दुई दिने सेबोन–ओइसिडि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सो सम्मेलनमा ३६ अन्तर्राष्ट्रिय सहभागी सहित कुल १२५ जनाको सहभागिता रहेको थियो । 

नेपालबाट अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बिमा समिति, लगानीकर्ता लगायत धितोपत्र बजार सहभागीहरु, बजार विज्ञ, उद्यमी, स्वतन्त्र अध्ययन(अनुसन्धानकर्ता तथा विश्व विद्यालयका प्राध्यापक गरी कुल ८९ जना र अमेरिका, वेलायत, फ्रान्स, भारत, भुटान, चीन, थाइल्याण्ड, कम्बोडिया, सिंगापुर, जापान, काजाकस्तान तथा दक्षिण अफ्रिका लगायत १३ देशका Organisation for Economic Co-operation and Development (OECD), Adfactors PR Private Limited, India, Stellenbosch University, South Africa, Financial Ombudsman Institution, Republic of China, G20 Office, Japan, China Banking and Insurance Regulatory Commission, Securities and Exchange Commission, Cambodia, Department of Financial services Consumers Rights Protection, Kazakhstan, Australian Securities and Investments Commission, Centre for Financial Literacy, Singapore, Financial Sector Conduct Authority, South Africa, Royal Monetary Authority, Bhutan, National Institute of Securities Markets, India, Reserve Bank of India, Kenan Foundation Asia, Thailand, Securities and Exchange Board of India, and University of South California, USA का ३६ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननीय अर्थमन्त्री डा। युवराज खतिवडाले दिगो आर्थिक विकाशका लागि वित्तीय शिक्षाको आवश्यकताका साथै मुलुकमा वित्तीय शिक्षा र सामाजिक सुरक्षा प्रवद्र्धनका लागि सरकारबाट चालिएका कदमहरुका बारेमा प्रकाश पारे । 

उनले वित्तीय शिक्षा बाल्यकालदेखि नै शुरु हुनुपर्ने र यो प्रकृया घटना विशेष नभई जिवनपर्यन्त चल्नुपर्ने कुरामा जोड दिनुभयो । साथै, उहाँले वित्तीय शिक्षा र समावेशिता हाम्रो जस्तो मुलुकका लागि अपरिहार्य रहेको र सम्बद्ध निकाय, संस्था र ब्यक्तिहरुले असतित प्रयासमा भर नपरि देशमा वित्तीय शिक्षा प्रवद्र्धनका निमित्त निरन्तर प्रयास गर्नुपर्ने कुरामा जोड दिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवत बहादुर कार्कीले आफ्नो स्वागत मन्तव्यमा वित्तीय शिक्षा र उपभोक्ता संरक्षण अपरिहार्य रहेको र यसका लागि पर्याप्त प्रभावकारी औजारहरु परिचालन गरी वित्तीय शिक्षा, सचेतना र उपभोक्ता सुरक्षाको स्तर बढाउनुपर्ने कुरा उल्लेख गरे ।

यसका लागि स्थानीय र अन्तर्राष्ट्रिय स्तरका नीति निर्माता, अभ्यासकर्ता, शैक्षिक ब्यक्तित्वका वीच सहकार्य तथा समन्वयात्मक प्रयास आवश्यक रहने साथै सो कार्य नेपाल धितोपत्र बोर्डको लगानीकर्ताको सुरक्षा नीतिसंग पनि मिलेकाले वित्तीय ग्राहकमा जनसांख्यिकी परिवर्तनका असर र ती असरका बुझाइ र प्रतिक्रिया सम्बन्धी सम्मेलन समयानुकुल भएको र ती विषयलाई निश्चित दिशा दिन यो फोरम महत्वपूर्ण भएको बताए ।


ओइसीडी का वित्तीय तथा उद्यम मामिला निर्देशनालयका उप निर्देशक एन्टोनियो गोम्सले सो सम्मेलन अग्रगामी, समय सान्दर्भिक र विस्तृत रहेको कुरा उल्लेख गर्दै समृद्ध जीवनका लागि राम्रो वित्तीय शिक्षा, वित्तीय उपभोक्ता सुरक्षा र वित्तीय समावेशिताका लागि सबैसंग सहकार्य गर्न ओइसीडी प्रतिवद्ध रहेको कुरा बताए । 

त्यस्तै, नेपाल राष्ट्र बैंकका का।मु। गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंक बित्तीय शिक्षा र उपभोक्ता सुरक्षा वृद्धि गर्नका लागि प्रतिवद्ध रहेको बताए ।

त्यस्तै ओइसीडी का एशियाली क्षेत्रको पहुँच गतिविधीका इन्चार्ज सिगेटो हिकीले आफ्नो समापन मन्तव्यमा सम्मेलन ठूलो सफलताका साथ सम्पन्न भएको र सो सम्मेलनबाट सिकिएका पाठहरु नेपाल लगायत एशिया प्रशान्त क्षेत्रमा जोखिममा रहेका कोहीपनि ब्यक्तिहरु वित्तीय समावेशिता प्रकृयामा नछुटुन् भन्ने कुरा यकिन गर्नका लागि भविश्यमा उचित नीति निर्माण गर्न उपयोगी हुने कुरा उल्लेख गरे ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले उद्घाटन सत्रको अन्त्यमा सबैमा धन्यबाद ज्ञापन गर्नुभयो भने बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले सम्मेलनको अन्त्यमा सम्मेलनको सफलतापूर्वक सम्पन्न गर्न योगदान दिनुहुने सबैमा धन्यबाद ज्ञापन गरेका थिए । 

सो सम्मेलन मार्फत् ओइसीडी तथा एशिया प्रशान्त क्षेत्रका मुलुकहरुका प्रतिनिधि एवम् शैक्षिक ब्यक्तित्वहरु वीचमा भएको अनुभव एवम् विज्ञता आदान प्रदानको निचोड देहाय रहेको छ ।
१. वृद्ध जनसंख्या विकसित मुलुकहरुको मात्र समस्या नभइ विकासोन्मुख मुलुकहरुको लागि पनि बिशेष समस्या बनेको छ । त्यसमा पनि यो विकासोन्मुख मुलुकमा रहेको उच्च प्रजनन दरले झन् चुनौतिपूर्ण बनेको छ ।
२. बढ्दो वृद्ध जनसंख्याका निम्ति वित्तीय समावेशिता, वित्तीय शिक्षा एवम् वित्तीय ग्राहक संरक्षण लागि समाजका सबै तहमा आवश्यक कार्य थालनि गर्नुपर्ने भएको छ । 

३.वृद्ध जनसंख्याको उचित वित्तीय समावेशिताका लागि सहज र विस्तृत नीति तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको छ । 

४. वित्तीय प्रविधीले वित्तीय समावेशितामा दुवै राम्रा र नराम्रा असर ल्याएको–राम्रो पक्षमा जोखिमयुक्त जनसंख्यालाई प्रभावकारी एवम् कुशलतापूर्वक समावेश गर्न सकिने । नराम्रो पक्ष–वित्तीय प्रविधीको विकाश एकदमै तिव्र भएकाले धेरै जोखिमयुक्त जनसंख्या त्यो परिवर्तनसंग सामना गर्न नसक्ने भएको छ । 

५. सम्पूर्ण सम्बद्ध पक्षहरु जस्तै सरकार, वित्तीय संस्थाहरु, प्रयोगकर्ताहरु, गैह् सरकारी संस्थाहरुले उच्चतम प्रयासगरी जोखिमयुक्त जनसंख्यालाई वित्तीय समावेशिता प्रकृयामा छुटाउन नहुने । 

६. मूल्यमा आधारित वित्तीय शिक्षा बाल्यकालदेखि नै आवश्यक भएकाले, बिद्यालयका पाठ्यक्रममा वित्तीय शिक्षा संग्लग्न गराइनुपर्ने । वित्तीय शिक्षा र उपभोक्ता सुरक्षा वित्तीय क्षेत्रको स्वस्थ विकाशका लागि आवश्यक रहेको र वित्तीय समावेशिता र व्यावसायिक फाइदाका वीचमा तादत्म्यता हुनुपर्ने देखिएको छ । 

७. विभिन्न अप्ठ्यारा मुद्दा समाधान गर्न र नयाँ वित्तीय वातावरण विकाश गर्न दुवै माग र आपूर्ति पक्षलाई ख्याल गरी कुशल र ब्यवहारिक वित्तीय शिक्षा र उपभोक्ता सुरक्षाका नीतिहरु बनाइनुपर्ने भएको छ । 

८. नियमन तथा प्रशासनिक खाका बनाउँदा वित्तीय शिक्षालाई समेत मध्यनजर गरी, यसलाई गरीबि घटाउने र आर्थिक वृद्धि, स्थिरता र विश्वास बढाउने उपकरणका रुपमा विकाश गर्नुुपर्ने भएको छ । 

९. वित्तीय शिक्षा सम्बन्धी कार्यक्रमहरु तर्जुमा गर्दा लक्षित वर्गको वित्तीय साक्षरता स्तर र आवश्यकताका साथै सो वर्गको वित्तीय सूचना प्राप्त गर्ने चाहनालाई समेत मध्यनजर गर्नुपर्ने भएको छ ।

१०. वित्तीय शिक्षा तथा वित्तीय ग्राहक हितलाइ मध्यनजर गरी सुपरिवेक्षकीय निकायको भूमिका, ग्राहकलाई समतामूलक एवम् निस्पक्ष ब्यवहार, सूचना प्रवाह तथा पारदर्शिता, वित्तीय सूचना तथा सचेतना प्रदान गर्ने सम्बन्धी जिम्मेवारी, वित्तीय सेवा प्रदान गर्ने निकायहरुको उत्तरदायी व्यवसायिक आचरण, ठगी तथा दुरुपयोगबाट ग्राहकका सम्पत्तिहरुको सुरक्षा, ग्राहकका अभिलेखहरुको सुरक्षा तथा गोपनियता, गुनासो समाधान तथा निस्पक्ष प्रतिस्पर्धा प्रबद्र्धन जस्ता विषय सम्बन्धमा स्पष्ट ब्यवस्था समेटी कानूनी, नियमन तथा सुपरिवेक्षण सम्बन्धी खाका तयार गर्नुपर्ने भएको छ ।
सो सम्मेलन पश्चात् एशिया तथा प्रशान्त क्षेत्रको नवौं वित्तीय साक्षरता र वित्तीय समावेशिता सम्बन्धी उच्च स्तरीय छलफल ९गोलमेच० सम्पन्न भयो । उक्त छलफलमा वित्तीय क्षेत्रका नियमन निकाय तथा सरकारी निकायका उच्च पदाधिकारीका लागि खुला गरिएको थियो भने वित्तीय साक्षरता र समावेशिता सम्बन्धी सचेतना कार्यक्रम लागू गर्ने र मुख्य प्रतिनिधिहरुले आफ्नो ज्ञान तथा अनुभवहरु आदान प्रदान गरी व्यवहारिक उपलब्धिहरु हाशिल गर्ने र चुनौतिहरुको सामना, नीति नियम तर्जुमा तथा सोको कार्यान्वयन र मूल्यांकन गर्न उपयुक्त तरिका तथा उपभोक्ता सुरक्षाका लागि उचित पहलहरु गरी जनसांख्यिक परिवर्तनले ल्याउने चुनौतिहरु सम्बोधन गर्ने उद्देश्यले सन्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस