कोशीमा पानीको सतह बढ्याे, निकास नहुँदा दक्षिणी भेग डुबानमा - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

कोशीमा पानीको सतह बढ्याे, निकास नहुँदा दक्षिणी भेग डुबानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
कोशीमा पानीको सतह बढ्याे, निकास नहुँदा दक्षिणी भेग डुबानमा
LBEF

सुनसरी । लगातारको वर्षाका कारण पूर्वी तराईमा डुबानको समस्या देखिन थालेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको छ भने सुनसरीका दक्षिणी सहित भित्री ग्रामीण भेग डुबानमा चपेटामा परेका छन् ।

सेउती, टेङग्रा, बुढी, मरिया र सुनसरी जस्ता खोलामा जल स्तर बढेको छ । पानीको उचित निकास अभावमा सडक तथा बस्तीहरू डुबानमा परेका छन् ।

सडक तथा बाटोघाटो निर्माण गरिँदा पानीको निकास नखोजिएकाले दक्षिणी भेगका धेरैजसो भेगमा पानी जमेर बस्तीहरू डुबानमा परेका छन् ।

हरिनगरको वसन्तपुरका ४५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बर्जु र हरिनगर सहितका गाउँपालिकामा ढल नालाको बन्दोवस्ती बेगर निर्माणाधिन सडकका कारण निकास नहुँदा बस्ती डुबानमा परेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

खोलामा पानी बढ्ने क्रममा रहेकाले सुनसरी खोला किनारका बासिँदालाई समेत सचेत रहन भनिएको छ । बराह क्षेत्र मन्दिर जाने मार्गको ७ स्थानमा पहिरो खसेकाले सो क्षेत्रमा तत्कालकालागि आवतजावतमा रोक लगाइएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले सप्तकोशी नदी सहित खोलानालामा पानीको स्तर बढेपनि कुनै पनि खतरा भने नरहेको बताउनु भएको छ । उता अविरल वर्षासँगै सप्तकोशी नदीको बहावमा समेत वृद्धि भएको छ ।

सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार कोशीको बहाव १ लाख ८४ हजार ७ सय ४५ रहेको छ । कोसी ब्यारेजका २३ वटा ढोका खोलिएका छन् ।

पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम जारी रहेकाले बहावमा वृद्धि हुन सक्ने कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस