aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग बीमा चेतना कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
Citizen life
nabil bank
स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग बीमा चेतना कार्यक्रम
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । बीमा समितिले  बीमा सम्बन्धी जनचेता कार्यक्रम आयोजना गरेको छ । डढेलदुरामा आइतबार सम्पन्न उक्त कार्यक्रममा डढेलदुराको अमरगढी नगरपालिका स्थानीय निकायका प्रतिनिधि तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम गरेको हो । 

बीमा समिति उपनिर्देशक विरोध भट्टको संयोजनमा समितिका सहायक निर्देशक निश्चलराज बानिया र सहायक प्रथम अनुराग पाण्डेले रहेका थिए । उक्त कार्यक्रममा बीमा सम्बन्धी बोल्दै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझाले बीमा सुरक्षा र बचत भएकाले बीमा गरिसकेपछि दावी भुक्तानीलाई सरल सहज बनाउन समितिले पहल गर्न पर्ने बताए । 

त्यस्तै नगर उपप्रमुख संगीता भण्डारले बीमा सम्बन्धी कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिसँग छलफल नियम हुनपर्ने बताइन । उक्त कार्यक्रममा डढेलदुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी, वडा अध्यक्षहरु, जिल्ला कृषि कार्यालयका प्रतिनिधि र कृषि ज्ञानकेन्द्रका प्रतिनिधिको सहभागीता रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस