aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
Citizen life
nabil bank
संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी तेजबहादुरको हत्यामा संलग्न लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । 

प्रहरीेले कार्कीलाई शनिबार पक्राउ गरेको थियो । लोकबहादुर नातामा तेजबहादुरका भतिज रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले जनाएको छ । 

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस