aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

मोटरसाइकलको वर्गिकरण परिवर्तन, सबै मोटरसाइकलको अन्तशुल्क बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ भदौ २०७८
Citizen life
nabil bank
मोटरसाइकलको वर्गिकरण परिवर्तन, सबै मोटरसाइकलको अन्तशुल्क बढ्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सवारी साधन मोटरसाइकलको वर्गीकरण फरक पारेका छन् ।  सबै प्रकृतिका मोटरसाइल र स्कुटरको अन्तशुल्क पनि वृद्धि गरेका छन् । सवारी साधन मोटरसाइकलको क्षमता सीसीका आधारमा उनले वर्गिकरण फरक बनाएका हुन ।  भन्सार शिर्षक ८७११.२०.९१ मा यसभन्दा पहिला ५० सीसीदेखि १५५ सीसीसम्म रहेकोमा अब भने ५० सीसीदेखि १ सय २५ सीसीसम्मलाई सो भन्सार शिर्षक नम्बरमा राखेर १० प्रतिशत अन्तशुल्क वृद्धि भएको छ। 

त्यसैगरि,  अब भन्सार शिर्षक  ८७११.२०.९१ मा पर्ने ५० सीसीदेखि १२५ सीसीसम्म ४० प्रतिशत, भन्सार आयत शिर्षक नम्बर ८७११.२०.९२ अन्तरगत १२५ सीसीदेखि २०० सीसीसम्म मोटरसाइकल पर्ने छन भने यसको अन्तशुल्क ५० प्रतिशत रहेको छ । त्यस्तै, भन्सार शिर्षक नम्बर  ८७११.२०.९९ मा  २०० सीसीदेखि २५० सीसीसम्म मोटरसाइकल राखिएको छ र अन्तशुल्क ६० प्रतिशत रहेको छ ।

 साथै ५०० सीसीदेखि ८०० सीसीसम्मको मोटसाइकलमा यसअघि ८० प्रतिशत अन्तशुल्क कायम रहेकोमा त्यसलाई २० प्रतिशतले अन्तशुल्क बढेको छ ।

त्यस्तै, १५५ सीसीसम्मका मोटरसाइकल वा स्कुटरको हकमा प्रति मोटरसाइकल १५ हजार रुपैयाँ अन्तशुल्क वृद्धि भएको छ । भने १५५ सीसीदेखि २५० सीसीसम्मका प्रति मोटरसाइकलको १८ हजार रुपैयाँ, २५० सीसीदेखि ४०० सीसीसम्मका प्रति मोटरसाइकलमा ५० हजार रुपैयाँ अन्तशुल्क लाग्ने भएको छ । 
 
त्यस्तै, धक्का दिने प्रकृतिको विद्युतीय मोटरमात्र भएका मोटरसाइकल वा स्कुटरको प्रति वटा १० हजार रुपैयाँ, धक्का दिने प्रकृतिको विद्युतीय मोटर भएका तीन पाग्रे सामान ढुवानी गर्ने विद्युतीय सवारी साधनको १० हजार अन्तशुल्क लाग्ने छ ।

साथै, भन्सार शिर्षक नम्बर ८७.०३ र ८७.०४ रहेका अन्य तीन पाग्रे सवारीका साधनमा अन्तशुल्कमा १५ हजार लाग्ने भएको छ । त्यस्तै, भन्सार शिर्षक नम्बर ८७.०२, ८७.०३ र ८७.०४ अन्तरगत पर्ने अन्य सवारीका साधनको अन्तशुल्कमा सवारी साधनको मूल्यको १० प्रतिशत लाग्ने छ । 

प्रतिक्रिया दिनुहोस