aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

बेनेलीको दशैं अफर, १ लाख रुपैयाँसम्म जित्ने मौका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
Citizen life
nabil bank
बेनेलीको दशैं अफर, १ लाख रुपैयाँसम्म जित्ने मौका
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि.ले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएका छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ । 

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ  ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीको दावी छ । त्यसैगरी, मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस