aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

‘गण्डकी सुनौलो झुला’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
Global IME
ime Limited
‘गण्डकी सुनौलो झुला’
DHI
nmb

बलेवा । ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई नेपाली र अङ्ग्रेजी  भाषामा नामकरण गरिएको छ ।  पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले ‘गण्डकी गोल्डेन ब्रिज’ र ‘गण्डकी सुनौलो झुला’ राख्ने निर्णय गरेको हो । 

पुलको नाम अङ्ग्रेजी र नेपाली दुवै भाषामा स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।पुलको नयाँ नामसँगै जिल्लामा पर्यटक भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास  छ । पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु २५ हजार राशिको पुरस्कारसमेत घोषणा  गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए । पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरिएको थियो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गर्नुभएको हो । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो जिकिर गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस