aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सर्वोकृष्ट निजामती कर्मचारी नै भेटिएनन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
Citizen life
nabil bank
सर्वोकृष्ट निजामती कर्मचारी नै भेटिएनन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । यो वर्ष पनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार नदिइने भएको छ । यो वर्षको निजामती कर्मचारी दिवसका अवसरमा दिइने सर्वोकृष्ट निजामती सेवा पुरस्कार नदिइने भएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ । उक्त निर्णयमा सरकारले यस वर्ष सर्वोकृष्ट निजामती नै नभेटेको कानुनमन्त्री कार्कीले जानकारी दिए ।

सरकारले  निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने भएको  छ । सर्वोकृष्ट निजामतीमध्ये सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस