aarthiknews.com विहीबार, ०२ साउन २०७६   Thursday, 18 July, 2019
 

सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत हुने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत हुने सम्झौता
NIBL-Capital-inside
LBEF

काठमाडौं । सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य रm. १ हजार कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । 

सो  सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द« सिंह साउद र सन्राइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका छन् । 

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अरब भन्दा बढी रहेको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले ११३ वटा शाखा, ३७ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬

प्रतिक्रिया दिनुहोस