aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

चीनको एक व्यवसायिक संस्थाद्धारा अन्तर्राष्ट्रिय सल्लाहकारमा नेपालका मित्तल मनोनित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
चीनको एक व्यवसायिक संस्थाद्धारा अन्तर्राष्ट्रिय सल्लाहकारमा नेपालका मित्तल मनोनित
NIBL-Capital-inside
LBEF

काठमाडौं । चीनको साना तथा मध्यम आकारका व्यावसायिक प्रतिष्ठानहरुको संस्थाले एकजना नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनीत गरेको छ । 

चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे) ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कोषाध्यक्ष मदन मित्तल (अग्रवाल)लाई विज्ञ सल्लाहकार परिषद्को अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य मनोनीत गरेको हो । 

गत जुन २१ देखि २३ सम्म चीनको बेइजिङमा आयोजित दोस्रो विश्व एसएमई सम्मेलनका क्रममा संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनीत गरेको हो । विश्वभरका साना र मध्यम आकारका व्यवसायीबीचको सञ्चार र विकासलाई सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मित्तलले समेत सम्बोधन गरेका थिए । 

उक्त सम्बोधनबाट प्रभावित भएर संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनीत गरेको हो । सम्बोधनमा मित्तलले अल्पविकसित मुलुकको दिगो आर्थिक प्रगतिमा साना तथा मध्यम आकारका व्यवसायको भूमिका र तिनको सशक्तीकरणको आवश्यकताबारे प्रकाश पारेका थिए । सम्मेलनमा विभिन्न ३७ देशका आठ सय हाराहारी प्रतिनिधि थिए । 

मित्तल नेपाल समुद्रपार निकासी पैठारी संघमा पनि कार्यसमिति सदस्य छन् । 
 

प्रतिक्रिया दिनुहोस