सामुदायिक वनमा झण्डै ४ लाखको अम्रेसो रोपण हुँदै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

सामुदायिक वनमा झण्डै ४ लाखको अम्रेसो रोपण हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
सामुदायिक वनमा झण्डै ४ लाखको अम्रेसो रोपण हुँदै
LBEF
NCH-IPS

काठमाडाैं । तराई भूपरिधि कार्यक्रम (ताल)ले सामुदायिक वनमा अम्रेसो रोपणको लागि ३ लाख ७९ हजार ४ सय रुपैयाँ सहयोग गरेको छ । कृष्णपूर नगरपालिका वडा नम्बर १ र २ का जम्मा पाचँवटा सामुदायिक वनको २२ हेक्टर क्षेत्रमा अम्रेसो रोपण गरिने भएको छ ।  

तराई भूपरिधी कार्यक्रम (ताल) को सहयोगमा अम्रेसो रोपण सप्ताह बिहिबारबाट सुरु भएको छ । अम्रेसो रोपण सप्ताह व्यापी कार्यक्रमको अभियान सामुदायिक वन समन्वय समितिबाट सुरु भएको सामुदायिक वन समन्वय समितिका सचिव निर्मल भट्टले जानकारी दिए । 

अहिले जम्मा पाचँ वटा सामुदायिक वनमा मात्र अम्रेसो रोपन हुने भट्टले बताए । ऐश्वर्य सामुदायिक वन, जय शंकर सामुदायिक वन, दिपेन्द्र स्मृति सामुदायिक वन, गोलावारी सामुदायिक वन, र नन्दीपूर  ओखलफाँटा सामुदायिक वन रहेका छन् । 

पाँच सामुदायिक वनमा जम्मा ५४ हजार २ सय बिरुवाहरु रोपिने  सामुदायिक वन समन्वय समितिले जानकारी दिएको छ । जसमा ऐश्वर्य सामुदायिक वनमा २० हजार बिरुवा रोप्ने भएका छन् भने जय शंकर सामुदायिक वनमा ७ हजार ५ सय, दिपेन्द्र स्मृति सामुदायिक वनमा १२ हजार, गोलावारी सामुदायिक वनमा १० हजार र नन्दिपूर ओखलफाँटामा ५ हजार बिरुवाहरु वृक्षारोपण गरिने भएको छ । 

तोकिएको क्षेत्रफलमा अम्रेसोको बिरुवा अपुग भए सामुदायिक वन स्वयंम्ले थप बिरुवाहरुको लागि खर्च गर्ने भएको छ ।  अम्रेसो रोपणले उक्त क्षेत्रका वन उपभोक्ताहरुको आयआर्जन र जीविकोपार्जनको लागि प्रभावकारी हुने सचिव भट्टले बताए । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });