aarthiknews.com विहीबार, ०२ साउन २०७६   Thursday, 18 July, 2019
 

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ११ करोडले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ११ करोडले घट्यो
NIBL-Capital-inside
LBEF

काठमाडौं । साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव ६२ अंकले घटेर १२४८.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  क वर्गका मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ०१ अंकले घटेर २६८.३२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यसदिन १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९४७ कित्ता शेयर खरिदबिक्री भई ४६ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार ११ करोड ३४ लाख ११ हजार बराबरले घटेको हो । 

४६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सबैभन्दा बढी कारोबार नेपाल बैंकको शेयरको भएको छ । जसको कारोबार आज ५ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सवार्धिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ४ दशमलव ७३ प्रतिशतले बढेको छ । 

साथै सर्वा्धिक गुमाउनेमा मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ६७ प्रतिशतले घटेको छ । यस दिन ११ वटै उपपरिसुचकहरुमा २ वटा समूह बढेको छ भने ९ वटा समूह घटेका छन् ।
 

प्रतिक्रिया दिनुहोस