aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
Citizen life
nabil bank
बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बाह्रबिसे , सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक विक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ । यस उद्देश्यलाई सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोपराइटर राजेश श्रेष्ठलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो विक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, 'हामी बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उनीहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । बाह्रबिसेमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।'


 

प्रतिक्रिया दिनुहोस