aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

कलाकार निशा घिमिरेको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ भदौ २०७८
कलाकार निशा घिमिरेको निधन
Global IME
LBF

काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ नर्भिक अस्पतालमा मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको हो । 

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अस्पतालको सीसीयूमा उपचार गरिएको र सबै प्रयास गरे पनि सम्भव नभएको बताएका छन्  । 

नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिए पनि बचाउन नसकेको जनाएको छ ।  

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस