aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

गत आर्थिक वर्षमा एनएमबि फिफ्टीको नाफा १ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ भदौ २०७८
Citizen life
nabil bank
गत आर्थिक वर्षमा एनएमबि फिफ्टीको नाफा १ अर्बभन्दा बढी
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनएमबि फिफ्टीले गत आर्थिक वर्ष ०७७/७८ सम्ममा रू. १ अर्ब ६ करोड ९३ लाख १३ हजार नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा यस योजनको नाफा रू. ११ करोड २६ लाख १९ हजार रहेको थियो ।

गत वर्ष योजनाको आम्दानी रू. १ अर्ब १० करोडभन्दा बढी भएको छ भने जम्मा खर्च रू. ३ करोड ३२ लाखभन्दा बढी छ । योजनाको पूँजी रू. १ अर्ब २५ करोड रहेको छ भने जगेडा तथा कोषहरु रू. १ अर्ब ११ करोड ९६ लाखभन्दा बढी छ । 

गत आर्थिक वर्षको अन्त्यसम्म यस योजनको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १८ दशमलव ९६ रहेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म यो मूल्य रू. १० दशमलव ९० रहेको थियो । योजनाको कूल सम्पत्ति रू. २ अर्ब ३८ करोड २ लाखभन्दा बढी रहेको छ भने कूल दायित्व रू. १ करोड ५ लाखभन्दा बढी छ ।
 

प्रतिक्रिया दिनुहोस