aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

विष खुवाउने सरकारको निर्णयमा सर्वोच्चको यस्तो आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
Sunrise bank
विष खुवाउने सरकारको निर्णयमा सर्वोच्चको यस्तो आदेश
NIBL-Capital-inside
LBEF

काठमाडौं । भारतबाट नेपालमा भित्रिने तरकारी तथा फलफूलको विषादी परिक्षणमा नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले १८ असार गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्नका लागि आदेश दिएको हो ।

१८ असारमा सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने  निर्णय आफ्नै निर्णय फिर्ता लिएको थियो ।  मंगलबार अधिवक्ता भद्रप्रसाद नेपाल(स्वगत नेपाल)ले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा नरहेको प्रश्न उठेको भन्दै कार्यान्वन नगर्न आदेश दिएको छ ।  असार ३० गते रीट निवेदनकर्ता र  सरकार दुबैलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । 

प्रतिक्रिया दिनुहोस