aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
Sunrise bank
पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा
NIBL-Capital-inside
LBEF

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा  बुधबार ९२औ  शाखा बिस्तार गरेको छ ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार  शुरू गरेकाे हाे । 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जनाएकाे छ ।
 

प्रतिक्रिया दिनुहोस