aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

खुद नोक्सानी सुधार्दै पञ्चकन्यामाई हाइड्रोले गर्यो १ लाख ३१ हजार नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ भदौ २०७८
Citizen life
nabil bank
खुद नोक्सानी सुधार्दै पञ्चकन्यामाई हाइड्रोले गर्यो  १ लाख ३१ हजार नाफा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण भदौ ११ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्षसम्म रू. ४ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने रू. १ लाख ३१ हजार खुद नाफा गर्न सफल भएको छ । 

गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेपनि अन्य आम्दानी बढेको छ । त्यस्तै अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीले प्रशासनिक तथा अन्य खर्च कम गरेकाले पनि खुद नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । 

गत चौथो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट रू. ३४ करोड ५८ लाखभन्दा बढी आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म यो आम्दानी रू. ३६ करोड ९७ लाखभन्दा बढी थियो । अन्य शिर्षकबाट अघिल्लो वर्ष रू. १५ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष रू. २२ लाखभन्दा बढी यो शिर्षकमा आम्दानी गरेको हो । अघिल्लो वर्ष प्रशासनिक तथा अन्य खर्च रू. ३७ करोड ३० लाखभन्दा बढी रहेकोमा गत वर्ष यो रकम रू. ३२ करोड ८१ लाखमा सिमित भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड ९० लाखभन्दा बढी ऋणात्मक रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव शून्य १ र प्रतिशेयर नेटवर्थ रू. ८१ दशमलव ८९ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस