aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

आयोजना प्रभावित स्थानियले साहस उर्जाको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ भदौ २०७८
Citizen life
nabil bank
आयोजना प्रभावित स्थानियले साहस उर्जाको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि विक्री खुला गरेको साहस उर्जा लिमिटेडको आईपीओ खरिद गर्ने भदौ ११ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री खुला गरेको हो ।

कम्पनीले स्थानियमा जारी गरेको उक्त आईपीओ छिटो अवधिभित्रै विक्री बन्द गर्न लागिएको हो । यो आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवभिसम्म मात्र विक्री गर्न लागिएको कम्नपीको भनाई छ । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि लोबलआईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । 

आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लाग निर्माण अवधिको व्याज सहित रू. ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ । यस आयोजनाबाट २०७९ साल जेठ २० गतेदेखि विद्युत उत्पादन हुने सम्भावना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस