काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बजार महँगी २.५५ प्रतिशतले घटेको हो।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ को मुलुकको उपभोक्ता मुद्रास्फीति अर्थात् बजार महँगी २.५५ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा ६.१५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षमा ३.६० प्रतिशतमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको छ । २०७७ असारसम्ममा मुलुकको उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेकोमा वार्षिक विन्दुगत रुपमा गत २०७८ असारमा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ ।