‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा आएको ५५ दिनमा १०२ उद्योग दर्ता - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा आएको ५५ दिनमा १०२ उद्योग दर्ता

  • मानमती पन्त
    मानमती पन्त
  • बुधबार, २५ असार २०७६
Sunrise bank
‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा आएको ५५ दिनमा १०२ उद्योग दर्ता
LBEF
NCH-IPS

काठमाडौं । सेवाग्राहीलाई एकै ठाउँबाट कम्पनी दर्तासम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्न स्थापना गरेको एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आएको ५५ दिनमा १०२ उद्योग दर्ता भएका छन् । 

उद्योग विभागअन्तर्गत रहेको एकल विन्दु सेवा केन्द्र जेठ १ गतेदेखि शुरु भएको थियो । केन्द्रमा जेठ १ देखि असार २३ गतेसम्म स्वदेशी तथा विदेशी लगानीका गरी जम्मा १०२ उद्योग दर्ता भएका छन् । 

नयाँ दर्ता भएका उद्योगमध्ये ५० वटा उद्योग विदेशी लगानीका भएका हुन् भने स्वदेशी लगानीमा ५२ वटा उद्योग दर्ता भएका छन् । नयाँ खुल्न लागेका स्वदेशी तथा विदेशी उद्योगले ९२ अर्ब २६ करोड ६९ लाख २० हजार रुपैयाँ बराबरको पुँजी प्रस्ताव गरेको उद्योग विभागका निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताए । 

निर्देशक ज्ञवालीका अनुसार विदेशी लगानीेमा ९ अर्ब ६१ करोड ९३ लाख ५० हजार रुपैयाँ अधिकृत पुँजी रहेको कम्पनी दर्ता भएको छ भने बाँकी ८४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ स्वदेशी लगानीकर्ताद्वारा दर्ता भएको छ ।  

५५ दिनको अवधिमा पर्यटनमुलुक कम्पनी दर्ता धेरै भएका छन् । जेठ १ देखि असार २४ सम्म ४१ वटा पर्यटन सम्बन्धि कम्पनी दर्ता भएका छन् । त्यस्तै कृषि तथा वनजन्यका ४, सूचना प्रविधिका ७, उत्पादनमुलक १३, सेवामुलक २२ वटा र उर्जा मुलकका १५ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा विदेशी लगानीका उद्योग दर्ता न्यून भएको उद्योग विभागका सूचना अधिकारी विनोद खड्काले बताए । 

कृषि तथा वनजन्य र उर्जामूलकमा स्वदेशीको लगानी मात्र आएको छ । जसमा कृषि तथा वनजन्यमा ४ उद्योग र उर्जामूलकमा १५ वटा उद्योग दर्ता भएका छन् । भने सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ७, उत्पादनमूलक १०, सेवामूलक ५, पर्यटनमूलक १२ उद्योग स्वदेशी लगानीमा दर्ता भएका छन् । त्यस्तै विदेशी लगानी गरेका सूचना, प्रसारण तथा संचारमा १, उत्पादनमूलकमा ३, सेवामूलकमा १७ र पर्यटनमा २९ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });