aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

तालिबान होइनन्, यी हुन् अफगान युद्धका खास विजेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
Citizen life
nabil bank
तालिबान होइनन्, यी हुन् अफगान युद्धका खास विजेता
Global IME
LBEF
yamaha_MAW

अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि सबैले भन्ने गरेका छन्- अमेरिकाले सर्वनाक हार व्यहोर्यो। के त्यसो भए तालिबानले जितेको हो त ? त्यस्तो पनि होइन। किनकि अहिले तालिबानको हातमा पुगेको अफगानिस्तान आर्थिक रूपमा जर्जर छ। त्यहाँका भौतिक संरचनाहरू युद्धमा ध्वंस भएका छन्। बरु, जुन उद्देश्यले 'वार अन टेरर' शीर्षकमा २० वर्ष युद्ध गर्‍यो त्यो भने अमेरिकाले पुरा गरेको छ। के थियो त त्यो उद्देश्य ? यो आलेखमा त्यसको जवाफ माथि चर्चा गरिएको छ। 

अफगान युद्धको क्रममा २ लाख ४१ हजार जनाको मृत्यु भयो। जसमध्ये अमेरिकाका २ हजार ४४२ सैनिकहरू थिए। यसबिच ६६ हजार अफगान सैनिक र करिब ५० हजार तालिबान छापामारहरूको मृत्यु भयो। बाँकी निहत्था सर्वसाधारणले अनाहकमा ज्यान गुमाए। 

यो युद्धमा अमेरिकी सरकारले २ ट्रिलियन डलर रकम खर्च गर्‍यो। यति अपार धनजनको क्षति भएको अफगानिस्तान युद्धमा कसले जित्यो र कसले हार्‍यो भन्ने  बहस अब दशकौँ सम्म चल्नेछ। सरसर्ती हेर्दा सो युद्धमा तालिबानले अभूतपूर्व जित हासिल गरेको जस्तो देखिन्छ भने अमेरिकाले लजाजनक हार व्यहोरेको भान हुन्छ। तर, अफगान युद्धको खास विजेता अरू कोही नै रहेको छ। निस्सन्देह त्यो हो, अमेरिकाको सैन्य(औद्योगिक संरचना। 

के हो सैन्य-औद्योगिक संरचना ?

अफगान युद्धको नाफा(घाटा र हार(जितको हिसाब निकाल्नु भन्दा अगाडी एक पटक सैन्य(औद्योगिक संरचनाका बारेमा संक्षेपमा चर्चा गर्नु वाञ्छनीय देखिन्छ। हतियार र सैन्य प्रविधि विकासमा संलग्न व्यक्ति र उद्योगहरू बिचको सहजीवी सम्बन्ध नै सैन्य(औद्योगिक संरचना हो। यो गठबन्धनले राष्ट्रलाई हतियार खरिद गर्न र निरन्तर युद्धमा जान प्रोत्साहित गर्छ। यो सम्बन्धलाई जोड्ने सेतु हो, दुवै पक्षलाई हुने सामूहिक फाइदा। एउटा पक्षले हतियार र प्रविधि पाउँछ भने अर्कोले त्यसलाई बेचे बापत पैसा। 

वास्तवमा यसमा अर्को एउटा पक्ष पनि हुन्छ। त्यो हो, राजनीतिक नेतृत्व । हतियार निर्माताले राजनीतिज्ञहरूलाई पनि प्रभावित गरिरहेका हुन्छन् ताकि आफ्नो उत्पादन सहज रूपमा बिक्री होस्। यसको लागि हतियार निर्माता क्षेत्रका मानिसहरू राजनीतिमा र राजनीतिक क्षेत्रका पात्रहरू उद्योगरव्यापारको क्षेत्रमा आउने जाने क्रम चलिरहन्छ। अमेरिकी सेना र सरकारका उच्च अधिकारी आफ्नो जागिर सकिएपछि हतियार उद्योगमा काम गर्न जानुलाई त्यहाँ अस्वाभाविक मानिँदैन। 

त्यस्तै, अमेरिकी सिनेटर (संसद् सदस्य) ले कुनै उद्योग वा क्षेत्र विशेषबारे पैरवी गर्नुलाई पनि अस्वाभाविक मानिँदैन। सिनेटरहरूले यसरी कुनै क्षेत्रको पैरवी गरे बापत ठुलो मात्रामा सम्बन्धित पक्षबाट रकम पाउने गर्छन्। दोस्रो बिश्वयुद्दका नायक जनरल ड्वाइट आइज़नहावर जो दुई पटक अमेरिकाको राष्ट्रपति बनेका थिए उनले आफ्नो दोस्रो कार्यकालको अन्त्यमा बिदाइ भाषण गर्दै सैन्य(औद्योगिक संरचनाको बढ्दो शक्तिबाट अमेरिकालाई खतरा रहेको चेतावनी दिएका थिए।  

अमेरिका बारे एउटा रोचक तथ्य के छ भने यो देशले स्थापना भएको समय अर्थात् १७७६ यताका २४५ वर्ष मध्ये २२५ वर्ष युद्धमै बिताएको छ। दोस्रो विश्वयुद्ध यता मात्र पनि अमेरिका कमसेकम २० वटा युद्धमा संलग्न रहेको छ। ती मध्ये कोरिया, भियतनाम, इराक र अफगानिस्तान प्रमुख हुन्। अमेरिकालाई लागेको युद्धको लतको पछाडि यही सैन्य(औद्योगिक संरचना रहेको कुरा प्रस्ट सँग बुझ्न सकिन्छ।  

कसरी भयो सैन्य-औद्योगिक संरचनाको जित ?

अब यो टिप्पणीको मूल विषय तर्फ फर्कौँ । दुई दशक लामो अफगान युद्धमा कसरी सैन्य(औद्योगिक संरचनाले जित्यो भन्ने प्रश्न उठ्न सक्छ। अमेरिकी अनलाइन पत्रिका ुदि इन्टरसेप्टुका अनुसार अमेरिकाले अफगानिस्तानमा युद्ध सुरु गरेको मिति सन् २००१, सेप्टेम्बर १८  मा यदि कसैले १० हजार डलर अमेरिकाका ५ वटा ठुला सैन्य सामाग्री बनाउने कम्पनीहरूमा हालेको भए त्यो अहिले दशौँ गुणाले बढेको हुन्थ्यो। 

लकहिड मार्टिन, नर्थरप ग्रुमम्यान, बोइङ्ग, जनरल डाइनामिक्स  र रेथियोनमा यदि सो रकम लगाएको थियो भने अहिले त्यो त्यसको मूल्य ९७ हजार २९५ डलर हुन्थ्यो । जबकि सोही रकम अर्थतन्त्रको अरू क्षेत्रमा लगानी गरेको भए अत्यधिक बढ्दा समेत ६१ हजार ६१३ डलर मात्र हुने थियो । अफगान युद्धको बेला रक्षा क्षेत्रको शेयरले  अर्थतन्त्रका अन्य क्षेत्रलाई ५६ प्रतिशतले  उछिनेको थियो।  

यो २० वर्षमा रक्षा क्षेत्रका ५ कम्पनीहरूको  सेयरमा भएको आम्दानीको सुची नै यो तर्कको लागि पर्याप्त छ। यसबिच लकहिड मार्टिनले आफ्नो आम्दानीमा  १ हजार २३६ प्रतिशतको वृद्धि गरेको छ। त्यसै गरी नर्थरप ग्रुमम्यानले १ हजार १९६ प्रतिशत, बोइङ्गले ९७५ प्रतिशत, जनरल डाइनामिक्सले ६२५ प्रतिशत र रेथियोनले ३३१ प्रतिशत आम्दानी बढेको तथ्याङ्कले देखाएको छ। 

अफगानिस्तान युद्धको बारेमा बोल्दै विकिलिक्सका संस्थापक जुलियन असान्जले भनेका थिए ( अफगानिस्तान युद्धको मुख्य उद्देश्य अफगानिस्तानलाई सम्पूर्ण रूपमा पराजित गर्नु होइन। बरु यसको मुख्य उद्देश्य अफगानिस्तानलाई माध्यम बनाएर अमेरिका र युरोपेली देशहरूमा करबाट प्राप्त पैसालाई अन्तरदेशीय  सुरक्षा सम्भ्रान्तहरूको हातमा पुर्‍याउनु हो। यो युद्धको उद्देश्य सफल युद्ध गर्नु होइन बरु अन्त्यहीन युद्ध कायम राख्नु हो। आखिर, जुलियन असान्जले भनेको कुरा भविष्यवाणी जस्तै सत्य साबित भयो। 

प्रतिक्रिया दिनुहोस