aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

युनाइटेड इदि मर्दिले कमायो ४ करोड ६० लाखभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ भदौ २०७८
Citizen life
nabil bank
युनाइटेड इदि मर्दिले कमायो ४ करोड ६० लाखभन्दा बढी नाफा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । युनाइटेड इदि मर्दि आरबि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रू. ४ करोड ६० लाख ८२ हजार खुद  नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म रू.४ करोड १४ लाख नोक्सानीमा रहेको कम्पनीले विद्युत विक्री आम्दानी बृद्धि भएसँगै नाफा आर्जन गर्न सफल भएको हो । 

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी २७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत विक्री बापत रू. १० करोड ५४ लाख ७६ हजार आम्दानी गरेकोमा गत वर्ष रू. १३ करोड ४५ लाख ८ हजार आम्दानी गरेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी रू. ४२ करोड रहेको छ । कम्पनीको  जगेडा कोषमा मा रू. ८ लाख ४८ हजार सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रूपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ २० पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस