aarthiknews.com विहीबार, ०२ साउन २०७६   Thursday, 18 July, 2019
 

पल्सर डेयर भेन्चर ४ को रेजिष्ट्रेसन खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
Sunrise bank
पल्सर डेयर भेन्चर ४ को रेजिष्ट्रेसन खुल्ला
NIBL-Capital-inside
LBEF

काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।

पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पुरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो र पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महशुस गर्ने समय आएको छ ।

यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा पुग्ने छ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ । 

यदि तपाईं बाइक सरगर्म हुनुहुन्छ र सिमावर्ती बाइक यात्राको अनुभव लिन चाहानुहुन्छ भने छिटो गर्नुहोस् र पल्सर डेयर भेन्चर ४ को लागि रेजिष्टर गर्नुहोस् । यो रेजिष्ट्रेसन सबैका लागि खुल्ला गरिएको छ र बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् । रेजिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म मात्र रहेको छ । तपाईंले पल्सर डेयर भेन्चरको वेभसाइट धधध।उगकिबचमबचभखभलतगचभ।अयmमा गएर रेजिष्टर गर्न सकिने कम्पनीले जनाएको छ ।

विदेशी भूभागमा जानुको रोमान्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्न सक्नेछन् । हरेक बाइकरहरुको छक्क पार्ने, चुनौतीपूर्ण, भयानक साथै  जोशीलो प्राकृतिक दृश्यको अनुभव गर्ने सपना हुन्छ त्यसैले यस अवसरलाई खेर नफाल्नुहोस र छिटै रेजिष्ट्रेसन गरिहाल्नु होला । 
 

प्रतिक्रिया दिनुहोस