aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

चन्द्रागिरि केवलकार सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ भदौ २०७८
Global IME
ime Limited
चन्द्रागिरि केवलकार सञ्चालन
DHI
nmb

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो । 

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए । “आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चारजनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,”–उनले भने । 

१०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन् । थानकोटदेखि चन्द्रागिरिसम्म केवलकारको दुरी साढे दुई किलोमिटर छ । गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो । काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ ।  

मन्दिरको अलावा तीन तले भ्यू टावरसमेत बनाइएको छ । चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि रु ७०० लिइँदै आएको छ । चन्द्रागिरि केवलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस