aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

भारतलाई ट्रंपले दिए कडा धम्कि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
Sunrise bank
भारतलाई ट्रंपले दिए कडा धम्कि
NIBL-Capital-inside
LBEF

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले भारतलाई फेरी चेतावनी दिएका छन् । मोदी सरकारको नीतिबाट रुष्ट ट्रंपले टुवीट मार्फत भारतलाई धम्कि दिएका हुन्। 

मंगलबार उनले भारतमा लगाइएको अमेरिकी सामान माथिको कर अब स्वीकार्य नहुने बताएका हुन् । तर, यदि भारतले अमेरिकी सामानमा लगाउंदै आएको कर नहटाए के  गर्ने भन्ने खुलासा गरेका छैनन् । तर के आशंका गरिन्छ भने ट्रंपले भारत बिरुद्ध कुनै कदम उठाउने  तयारी पश्चात नै यस्तो ट्वीट गरेका हुन् ।

ट्रंपले ट्वीटमा लेखेका छन् - 'भारत लामो समय देखि अमेरिकी उत्पादन माथि कर लगाई रहेको छ । अब यो स्वीकार गर्न सकिंदैन ।' 

जुन महिनाको शुरुमा जी-२० को बैठकको पूर्वसन्ध्यामा पनि उनले ट्वीट गर्दै भारतलाई २८ अमेरिकी उत्पादनको कर फिर्तालिन आग्रह गरेका थिए। 

प्रतिक्रिया दिनुहोस