नर्भिक अस्पताललाई ‘क्वालिटी च्वाइस प्राइज' अवार्ड - Aarthiknews
aarthiknews.com शनिबार, ३२ साउन २०७६   Saturday, 17 August, 2019
 

नर्भिक अस्पताललाई ‘क्वालिटी च्वाइस प्राइज' अवार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
Sunrise bank
नर्भिक अस्पताललाई ‘क्वालिटी च्वाइस प्राइज' अवार्ड
LBEF
IPS

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पताललाई जर्मनीस्थित बर्लिनमा ‘क्वालिटी च्वाइस प्राइज–२०१९’ बाट पुरस्कृत गरिएको छ । गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनी बर्लिनमा आयोजित सम्मेलनमा नर्भिकलाई यो पुरस्कार प्रदान गरिएको हो ।समारोहमा युरोप, एसिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेश गरी उत्कृष्ट ५५ कम्पनी, अस्पताल, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघसंस्था पनि पुरस्कृत भएका छन् ।

नर्भिक इन्टरनेसनल अस्पतालका लागि अभिभावकीय संस्था बिएलसी होल्डिंग्स प्रालिका कार्यकारी निर्देशक मनीष खेमकाले पुरस्कार ग्रहण गरे । पुरस्कार ग्रहणपूर्व उनलाई ‘विशेष वक्ता’का रूपमा आमन्त्रण गरिएको थियो ।

सोही अवसरमा खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, प्रगतिलगायतका विषयमा प्रकाश पारे । उनले विश्वभरका ५५ वटा छानिएका र पुरस्कृत संघसंस्थाका प्रतिनिधमाझ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस